- रञ्जित तामाङ
काठमाडौं, २५ मंसिर
नगरपालिका र जिविसहरूले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम व्यवस्थापन सुचना प्रणाली (एमआईएस) मा दर्ता गर्न अटेर गरेका छन् ।
सरकारले अजोस भित्रै एमआइएसमा लाभग्राहीको नाम दर्ता गराउने लक्ष्य राखे पनि अहिलेसम्म ३६ जिविस र १ सय ६८ नगरपालिकाले मात्रै दर्ता गराएका छन् । केन्द्रीय पञ्जिकरण विभागका अनुसार साउनदेखि नै ताकेता गर्दा पनि यी नगरपालिका र जिविसहरूले दर्ता गर्न अटेर गरिरहेका छन् ।
के हो एमआईएस ?
यसलाई व्यवस्थापन सुचना प्रणाली भनिन्छ । एमआईएस त्यसैको छोटकरी रुप हो । यस प्रणालीअर्न्तगत भत्ता पाउने लाभग्राहीको नाम कम्युटरमा दर्ता गरेपछि विभागको सफ्टवेयरमा पनि रेकर्ड बस्छ । सफ्टवेयरले भत्ता पाउन अयोग्य भइसकेका लाभग्राहीको नाम स्वतः लगतकट्टा गर्छ ।
जस्तो, वाल संरक्षण अनुदान पाइरहेको कुनै बच्चा ५ बर्ष नाघ्यो भने सफ्टवेयरले भत्ता पाउनेको सुचीबाट उसको नाम हटाइदिन्छ । भत्ता लिँदा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने हुँदा जन्ममिति पनि सफ्टवेयरमा उल्लेख गर्नुपर्ने हुन्छ । सोही मितिका आधारमा ५ बर्ष पुगेपछि स्वतः लगतकट्टा हुन्छ ।
यसरी लगत कट्टा भएपछि भत्ता रकम अनियमितता हुन पाउँदैन । गाविस र नगरपालिकाहरूमा लगतकट्टा नगरे भत्तावापतको रकम विनियोजन भइराख्ने र मृतक तथा उमेर नाघिसकेका व्यक्तिको नाममा भत्ता हिनामिना हुन सक्छ ।
एमआईएसले अनलाईन सिस्टमबाट मृत्युदर्ता भएका लाभग्राहीको पनि लगतकट्टा गर्छ । अनलाईनमा दर्ता भएका घटना र एमआईएसमा भएको लाभग्राहीको सुची सफ्टवेयरले भिडाउँछ । अनलाईनमा मृत्यु दर्ता भएको रहेछ भने स्वतः लगतकट्टा हुन्छ । र कसैले पुनः दर्ता वा नविकरण गर्न खोजे पनि सुचिकृत हुँदैन ।
एमआईएसमा दर्ता हुनुअघि लाभग्राहीसँग भत्ता बुझ्ने पासबुक हुन्छ । दर्ता पछि कार्ड हुन्छ । साथैं बैंकबाट भत्ता बितरण गर्न पनि एमआईएसमा दर्ता अनिवार्य छ । सरकारले यस बर्षभित्र सबै ठाउँमा बैंकबाट भत्ता बितरण गर्ने लक्ष्य राखेको छ ।
अटेर गर्ने जिविसहरू
ताप्लेजुङ रुकुम
रोल्पा सर्लाही
रसुवा सल्यान
धादिङ सिराह
नुवाकोट सप्तरी
लमजुङ रामेछाप
कास्की धनुषा
पर्वत म्याग्दी
भोजपुर ओखलढुङ्गा
दार्चुला बैतडी
कपिलवस्तु रुपन्देही
नलवपरासी
अटेर गर्ने नगरपालिकाहरू
सप्तरी– राजबिराज
शम्भुनाथ
सिराह– सुखीपुर
गोलबजार
लहान
धनघढी
मिर्चैया
सिराह
बारा– गढीमाई
कलैया
कोहल्वी
महागढीमाई
निजगढ
सिम्रौनगढ
धनुषा– छिरारेश्वरनाथ
धनुषाधाम
जनकपुर
गणेशमान-चारनाथ
मिथिला
सबैला
धादिङ– निलकन्ठ
चितवन– भरतपुर
रत्ननगर
पर्सा– बीरगञ्ज
पोखरिया
रामेछाप– मन्थली
रामेछाप
सर्लाही– बरहथवा
लालबन्दी
मलंगवा
गोरखरा– गोरखा
कपिलवस्तु– भृकुटी
कास्की– पोखरा
म्याग्दी– बेनी
पर्वत– कुस्मा
नवलपरासी– सुनवल
कावासोति
मध्यबिन्दु
देवचुली
बर्दघाट
रुपन्देही– लुम्बिनी साँस्कृतिक
प्रतिक्रिया