११ चैत्र २०८०, आइतबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह पुनर्संरचना गर्दा मधेशलाई वेवास्ता गरियोः सिंह



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, २ कात्तिक 
मधेस र थारुबाहुल्य क्षेत्रमा स्थानीय तहको संख्या कम तोकेको भन्दै स्थानीय तह पुनर्संरचनाका सदस्य सुनिलरञ्जन सिंहले असन्तुष्टि जनाएका छन् ।  
जनसंख्यालाई बेवास्ता गरि स्थानीय तह तोकेको सिंहको आरोप छ । जनसंख्यालाई बेवास्ता गर्दा मधेश र थारुबाहल्य क्षेत्रमा स्थानीय तहको संख्या कम हुने सिंहको जिकीर छ । 
“५६५ तोक्दा मधेश र थारुबाहुल्य क्षेत्रमा स्थानीय तहको संख्या १६५ मात्र थियो,” सिंहले भने, “अहिले साढे ७ सय बनाउँदा मधेश र थारुबाहुल क्षेत्रमा २१९ मात्रै स्थानीय तह छ । जनसंख्यालाई बेवास्ता गरियो ।”   
कांग्रेस एमाले र माओवादी केन्द्रको सहमतिले इलाकालाई पनि आधार मानेर पुनर्संरचना गरिएकोमा सिंहको असन्तुष्टि छ । विगतमा इलाकाको संख्या समग्र तराईमा थोरै भएको र त्यसैलाई आधार मान्दा मधेश र थारुबहुल क्षेत्रमा स्थानीय तहको संख्या कम हुने सिंहको निष्कर्ष छ । 
आयोगले स्वायत्त, संरक्षित र बिषेश क्षेत्र तोक्न बेवास्ता गरिएको भन्दै पहिलेदेखि नै सिंह असन्तुष्ट हुँदै आएका छन् । हतारमा पुनर्संरचना गर्न नहुने भन्दै सिंहले प्रतिवेदन बुझाउने समय आगामी फागुन मसान्तसम्म लम्ब्याउन पनि माग गरेका छन् । 
स्थानीय तहको एकिन संख्या तोक्न आयोगमा अहिले बैठक चलिरहेको छ । 

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार ००:००