१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक सांसदले निर्वाचन क्षेत्र नरोज्दा बजेट विनियोजन भएन



  • स्थानीय खबर संवादादाता 

काठमाडौं, ४ कात्तिक 
समानुपातिक तर्फका सांसदहरूले निर्वाचन क्षेत्र नरोज्दा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट निकासा हुन सकेको छैन । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार समानुपातिक तर्फका १९ सांसदले अझै निर्वाचन क्षेत्र रोजेका छैनन् । 
सबैजसो कार्यक्रम स्वीकृत भएर अख्तियारी पठाए पनि मन्त्रालयले निर्वाचन क्षेत्र रोजेका सांसदको नामावली तयार पारिरहेको छ । 
निलम्बनमा परेका र रिक्त रहेका सांसद पदबाहेक बहाल रहेका सबै समानुपातिक सांसदले जिल्ला रोजेपछि मात्रै बजेट विनियोजन गर्ने मन्त्रालयले जनाएको छ । 
निर्वाचन क्षेत्र विकास कार्यक्रमको व्यवस्थापन कार्यविधिअनुसार समानुपातिक तर्फका सांसदले देशभरका कुनै पनि निर्वाचन क्षेत्र रोज्न पाउँछन् । 
समानुपातिक तर्फका सांसदले प्रतिवर्ष ५० लाख रुपैयाँ बजेट रोजेको निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्न पाउँछन् । 
एकभन्दा बढी निर्वाचन क्षेत्रमा खर्च गर्न पाउँछन् । ५० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको क्षेत्रमा सांसदले योजना छनोट समितिको संयोजक र अनुगमन समितिको समितिको सदस्य बन्न पाउने व्यवस्था छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७३, बिहिबार ००:००