१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको संख्या न्यूनतम् ५०७, अधिकतम् ७४४



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, ५ कात्तिक
स्थानीय तह पुनर्संरचना आयोगले कार्यविधि संशोधन गरि स्थानीय तहको संख्या कम्तिमा ५ सय ७ र अधिकतम् ७ सय ४४ सम्म हुने पुर्नसंरचना गर्ने भएको छ । 
यसअघि स्थानीय तहको संख्या ५ सय ६५ तोक्दा तीब्र विवाद आएका कारण अायाेगले यसपटक लचकता अपनाएको हो । कार्यविधि संशोधन गरि ७५ वटै जिल्लामा न्यूनतम् र अधिकतम् संख्या तोक्ने आयोगका सदस्य सुनिलरञ्जन सिंहले बताए । 
आयोगले स्थानीय विकास अधिकारी (एलडीओ) संयोजक रहेको जिल्ला प्राविधिक समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 
“केही दिनपछि तिहारको विदा हुँदैछ । विदामा पनि पुनर्संरचनाको काम गर्न निर्देशन दिएका छौं,” सिंहले भने । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि एलडीओहरूलाई निर्देशन दिइसकेको छ । 
स्रोत– स्थानीय तह पुनर्संरचना आयोग 

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार ००:००