१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रे जिविसमा चार महिनाको प्रगति १० वटा योजनाको सम्झौता !



  • स्थानीय खबर संवाददाता
काभ्रे, २७ गते
सुन्दा अचम्म लाग्न सक्छ ! तर अचम्म भयो धुलिखेलमा । आइतबार काभ्रे जिविसले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा चार महिनामा १० वटा मात्रै योजना सम्झौता सहभागीमध्ये धेरैले  अनुहार खुम्च्याए । 
जिविसका कार्यक्रम अधिकृत ऋषिकान्त घिमिरेले १० वटा योजना सम्झौता भएको जानकारी गरेलगत्तै ‘करिब १० वटा’ भन्न स्थानीय विकास अधिकारी (एलडीओ) टेकराज निरौलाले आग्रह गरे । 
चालु आर्थिक वर्ष ०७३/०७४ को पहिलो चचार महिनामा जिविसले १० वटा योजना सम्झौताबाहेक अरू प्रगति हासिल गर्न सकेन । १० वटा योजना पनि सामाजिक सुरक्षा, भूकम्पपछिको संरचना निर्माणका मात्रै छन् । 
२३ औँ जिल्ला परिषद्ले पारित गरेका कुनै पनि विकास योजना यो अवधिमा सम्झौता भएका छैनन् । स्थानीय अधिकारी निरौलाले योजना सम्झौतामा सहयोग गर्न दलहरूलाई गुहारे ।  
जिविसले यहि कात्तिक मसान्तभित्र सम्बन्धित योजनाका उपभोक्ताहरूलाई निर्देशन दिए पनिसम्झौता शुन्यजस्तै छ । २३ औँ जिल्ला परिषद्बाट चालु आवका लागि ३ अर्ब २६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
 चालु आवका लागी जिल्ला परिषद्ले इलाका स्तरबाट माग भइआएका १८ सय १४ वटा मध्ये ७३९ वटा योजना अनुमोदन गरेको थियो । परिषद्ले पूजीँगत तर्फ १ अर्ब ४१ करोड २५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।  योजना सम्झौता नै हुन नसकेका कारण पूजीँगत खर्च हुन सकेको छैन । 
स्थानीय सञ्चार माध्यमबाट उपभोक्ता आग्रह गर्दा पनि योजना सम्झौताले कुनै गति नलिएको जिविसले बताएको छ । “यहि अवस्था रहने हो भने गत बर्षजस्तै यो वर्ष पनि धेरै रकम फ्रिज हुन सक्छ,”  निरौलाले भने “यो रकम फ्रिज हुन नदिन, राजनीतिक दल, कर्मचारी, स्थानीयवासी सबै सचेत हुनु पर्छ ।” 
कात्तिक मसान्तभित्र योजना सम्झौता गर्न उपभोक्तालाई सम्झाए पनि दशैं तिहारलगायतका ठूला पर्व र खेती भित्र्याउने सिजनका कारण विकास योजनाले गति लिन नसकेको जिविस कर्मचारीको निष्र्कष  छ । 
आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणको रकम खर्च गर्ने प्रवृत्ति बढेका कारण यस्तो अबस्था आएको भन्दै थपे “समयमै काम होस भन्ने चाहान्छौँ । तर योजना सम्झौता गर्न उपभोक्ता समयमा आउँदैनन् ।” ताकेता गरेको समयभित्र उपभोक्ता नआएपछि सम्झौताको म्याद थप्ने भन्नेबारे जिविसले कुनै निर्णय लिन सकेको छैन । 

प्रकाशित मिति : २८ कार्तिक २०७३, आइतबार ००:००