२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकबाट भत्ता बाँड्न सचिवको संयोजकत्वमा निर्देशक समिति गठन



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, २१ मंसीर 
सामाजिक सुरक्षा भत्ता बैंकबाट बाँड्न गाह्रो भएपछि सचिवस्तरीय निर्देशक समिति गठन भएको छ । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा समिति गठन भएको केन्द्रीय पञ्जिकरण विभागले जनाएको छ । 
समितिमा विभागका महानिर्देशक सदस्य सचिव रहने छन् । बजेट वक्तव्यले यस बर्षभित्र सबै ठाउँमा बैंकबाट भत्ता बितरण गर्ने घोषणा गरे पनि प्रगति न्यून भएकाले समिति गठन गरिएको महानिर्देशक अनिलकुमार यादवले बताए । 
“बैंकिङ पहुँचको कमी, नीतिगत तहमा समन्वय नहुनेजस्ता विविध समस्याले बैंकबाट भत्ता बाँड्न गाह्रो भएको छ,” ठाकुरले भने, “समितिले राष्ट्र बैंक, बैंकर्स एसोसिएसन, अर्थ मन्त्रालयजस्ता निकायहरूसँग समन्वय गरि नीतिगत समस्या हल गर्नेछ ।” 
भत्ता बितरण गर्न बैंकहरू तयार भए पनि कमिसनको टुङ्गो लागेको छैन । यस अघि विभागले बैंकर्स एसोसिएसनसँग छलफल गरेको थियो । 
एसोसिएसनले खाता खोलेर कार्ड दिएवापत प्रतिलाभग्राही ३ सय २५ रुपैयाँ कमिसन दिनुपर्ने माग राखेका थिए । प्रतिकिस्ता १ सय रुपैयाँ दिनुपर्ने पनि माग राखेको थियो । 
एसोसिएसनले मागेको कमिसन धेरै भएको बताए पनि विभागले आफ्नो दर तोक्न सकेको छैन । कमिसन तोक्नेबारे अर्थ मन्त्रालयको कुनै धारणा आएको छैन । 
यसैगरि अहिलेसम्म नेपाल राष्ट्र बैंकले पनि बैंकहरूलाई भत्ता बितरणसम्बन्धि कुनै निर्देशन दिएको छैन । 

प्रकाशित मिति : २१ मंसिर २०७३, मंगलबार ००:००