७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्यले ६४ हजार ९१३ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका छन् ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो र साझा पार्टीका किशोर थापा चौथो भएका छन् । दर्शनाले २३ हजार ४३९ र थापाले १८ हजार ४९६ मत पाएका छन् ।

यसैगरि उपमेयरमा भने नेपाली कांग्रेसका हरिप्रभा खड्गीले जितेकी छन् । खड्गीले ५८ हजार ९५२ मत पाएकी छन् । खड्गीका निकटतम् प्रतिद्वन्द्वी एमाले र राप्रपा गठबन्धनका उम्मेद्वार राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाएका छन् ।

बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाको औपचारिक घोषणा आइतबार विहान भएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००