६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचन बैशाख ३० गते



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले एकै चरणमा निर्वाचन घोषणा गरेको हो ।

यसअघि निर्वाचन आयोगले बैशाख ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । स्थानीय निर्वाचन ऐनअनुसार हाल बहाल रहेका निर्वाचित जनप्रतिनिधीको म्याद आगामी जेठमा सकिँदैछ ।

मुलुक संघीयतामा गएपछि पहिलो स्थानीय निर्वाचन २०७४ बैशाख ३१, असार १४ र असोज २ गते भएको थियो । त्यसबेला राजनीतिक सहमति नजुटेका कारण तीन चरणमा निर्वाचन भएको थियो । यसपटक भने एकै चरणमा गर्ने तय भएको छ ।

स्थानीय निर्वाचनका लागी १२ अर्ब रुपैयाँ लाग्ने निर्वाचन आयोगको अनुमान छ ।

देशभर ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडा छन् । यीमध्ये ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० वटा गाउँपालिका छन् ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र थप ४ जना वडा सदस्य निर्वाचित हुने व्यवस्था छ । हालको व्यवस्थाअनुसार देशभर ३५ हजार २ सय जनप्रतिनिधी प्रत्यक्ष निर्वाचित हुन्छन् ।

निर्वाचित जनप्रतिनिधीहरूले गोप्य मतदान गरेर ६ जना कार्यपालिका सदस्यको निर्वाति गर्ने व्यवस्था पनि छ । साथै, स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधी मध्येबाट जिल्ला समन्वय समितिको निर्वाचन हुने व्यवस्था छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ००:००