१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइटिम फाउन्डेसनद्धारा बृद्धाश्रमलाई सहयोग



काठमाडौं । आईटिम फाउन्डेसनले हिमालय बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेको छ । फाउन्डेसनले बृद्धबृद्धालाई न्यानो कपडा बितरण गर्नुका साथै भोजन पनि गराएका छन् ।

संविधान सभाका पूर्वसदस्य तीर्थ लामाको प्रमुख आतिथ्यमा ४१ बृद्धबृद्धालाई भोजन तथा कपडा बितरण गरिएको हो । फाउन्डेसनका अध्यक्ष दावाफेञ्चु लामाको उपस्थितिमा न्यानो ज्याकेट, साबुन, फलफूल बितरण तथा भोजन गराएको थियो ।

फाउन्डेसनका ११ जना सदस्यले जन्मदिनको अवसरमा ३/३ हजार रुपैयाँ उठाएर प्रत्येक बर्ष यस्तै सामाजिक सेवाको काम गर्दैै आएको सँस्थाका अध्यक्ष दावाफेञ्चु लामाले जानकारी दिए ।

यसैगरि देउसी भैलो खेलेर संकलन गरेको रकम पनि यस्तै सामाजिक सेवामा खर्च गरिरहेको लामाले बताए । सँस्थाले सडक बालबालिकालाई शिक्षाको मूलधारमा ल्याएर सामान्य जिवनयापनका लागी सहयोग गरिरहको छ ।

अभिभावकको आर्थिक अवस्था कमजोर भएको तर तीक्ष्ण क्षमता भएका बालबालिकाका लागी पनि फाउन्डेसनले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार ००:००