२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री गुरुङको पहलमा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार



दोलखा विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

बिहीबार बिहान सुत्केरी भएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएकी खोपाचागु निवासी निर्मल खड्काकी श्रीमती सुष्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा हेलिकप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहल र निर्देशनमा सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी उनलाई स्वास्थ्य अवस्थामा समस्या देखिएलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

अहिले उनको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको सघन कक्षमा राखेर उपचार भईरहेको छ ।

बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बुधबार दिउँसोदेखि सुत्केरी व्यथा सुरु भएपछि उनलाई खोपाचागुस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर लामो समयसम्म सुत्केरी हुन नसकेपछि सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।

यसैबीच, मन्त्री गुरुङले उद्धार गरि अस्पतालमा भर्ना गरिएकी खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका कुनै कमी हुन नदिन उपचारमा संलग्न चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार ००:००