१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनमा ६४ उम्मेदवारको अन्तिम नामावली प्रकाशन




काठमाडौं । आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेभएका छन् । यस्तै बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००