८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा स्वास्थ्य बीमाप्रति आकर्षण




खोटाङ । दश स्थानीय तह रहेको यस जिल्लामा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २६ हजार नाघेको छ । विसं २०७४ पुस २४ गतेदेखि शुरु गरिएको सो कार्यक्रममा गत असोज मसान्तसम्म १२ हाजर १८६ परिवारका २६ हजार ४७ ले स्वास्थ्य बीमा गराएका छन् ।

बीमा गराउनेमध्ये १३ हजार २६८ महिला र १२ हजार ७७७ पुरुष रहेको स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक सन्तोष दाहालले बताए । उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सात हजार ६२६, हलेसी तुवाचुङ नगरपालिकामा चार हजार ३४८, बराहपोखरी गाउँपालिकामा तीन हजार ९०, खोटेहाङ गाउँपालिकामा दुई हजार ४०९ र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई हजार ७६ले बीमा गरेका छन् ।

यसैगरी ऐसेलुखर्क गाउँपालिकामा एक हाजर ८७१, केपिलासगढी गाउँपालिकामा एक हजार २५४, जन्तेढुङ्गा गाउँपालिकामा एक हजार २२६, रावाबेँसी गाउँपालिकामा एक हजार २२२ र साकेला गाउँपालिकामा ८७९ बीमित भएको संयोजक दाहालले जानकारी दिए । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारले ल्याएको सो बीमाका लागि दशवटै स्थानीय तहमा स्वास्थ्य दर्ता कार्यक्रम सञ्चालन भइरहेको छ ।

बीमा गर्नेहरूले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रबाट शर्त अनुसारका स्वास्थ्य सेवा लिन पाउनेगरी दर्ताको काम भइरहेको उक्त बोर्डले जनाएको छ । हरेक वडामा नियुक्त सहयोगीले अहिले पनि नाम दर्ता एवं परिचयपत्र वितरण गर्दै आएका छन् । पाँच जनासम्मको परिवारले वार्षिकरुपमा दुई हजार ५०० को स्वास्थ्य बीमा गरेपछि बिरामी परेमा वार्षिक ५० हजारसम्म उपचार खर्च पाउने सुनेपछि स्थानीयवासी यसप्रति आकर्षित भएका हुन् ।

पाँचभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति ४५० का दरले शुल्क बुझाउनु पर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी पाउनेछन् । दुई नगरपालिकासहित दश स्थानीय तह रहेको यस जिल्लाको जनसङ्ख्या दुई लाख छ हजार ३१२ छ । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००