८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिकेदारको मेला शुरु




डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न शक्ति पीठमध्येको एक बडिकेदारको जात्रा (मेला) आज आज रातिदेखि शुरु हुँदैछ । बडिकेदारको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

थारू समुदाय र भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट बडिकेदार आउने दर्शनार्थीको बिहीबारदेखि नै घुइँचो लागेको बडिकेदारका भराडी हर्कबहादुर बोहराले बताए । उनले भने, “दर्शनार्थी दुई तीन दिनदेखि आउने क्रम शुरु भएको छ, बर्सेनि हजारौँ तीर्थालुको यहाँ भीड लाग्छ ।” यहाँबाट अपी र सैपाल हिमाल देख्न सकिन्छ । बडिकेदारमा हरेक वर्ष दुई पटक मेला लाग्छ । फागुनमा महाशिवरात्रि तथा कात्तिकमा बैकुण्ठ चतुर्दशीमा मेला लाग्छ ।

शिवरात्रिमा भन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा लाग्ने मेलामा दर्शनार्थीको बढी भीड हुने गरेको बडिकेदार मेला व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चन्दले बताए । उनले भने, “त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडिकेदारको दर्शन गर्न भारत र तराईबाट थारू समुदाय बढी सङ्ख्यामा आउने गरेको छ ।” डेउडा खेलले मेलामा झनै रौनकता छाउँछ । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००