६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकामा संसदीय अभ्यास



सल्यानको त्रिबेणी र र बाँकेको बैजनाथ गाउँपालिकाले संसदीय अभ्यासको कार्यशाला सम्पन्न गरेका छन् । दुबै गाउँपालिकाले २ दिने कार्यशाला आयोजना गरेका थिए ।

कार्यशालामा सम्बन्धित प्रदेशले बनाएको कानूनअनुसार स्थानीय तहको सभा सञ्चालन प्रक्रिया र स्थानीय कानून निर्माण प्रकृयाका विषयमा नमुना गाउँसभा नै सञ्चालन गरिएको थियो ।

कार्यशालामा सम्बन्धित गाउँसभाका सबै सदस्यहरू र शाखा प्रमुखहरूको सहभागिता रहेको गाउँपालिका राष्ट्रिय महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिए ।

दुवै कार्यशालामा विधेयकहरूको तयरी, सभामा विधेयक प्रस्तुत, छलफल, र पारित गर्ने प्रक्रियाहरूको जानकारी दिन नमुना गाउँसभा गरिएको थियो ।

गाउँसभा सञ्चालन प्रक्रिया र कानून निर्माण प्रक्रियाबारे प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४÷४ वटा क्षेत्रको कानूनसमेत तर्जुमा समेत गरिएको छ ।

दुवै कार्यशालाको सहजिकरण महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेल, अधिवक्ताहरू प्रेमप्रसाद धिताल र हरिप्रसाद मैनालीले गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार ००:००