१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिखर नगरपालिकाः मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने




डोटी । जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई १० हजार र खानेलाई पाँच हजार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । उनले भने, “वडाको निर्णय अटेर गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ ।” वडामा मदिराका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन् । यो वर्ष मात्रै मदिराका कारण कम्तीमा पनि एक दर्जन घटना भइसकेको प्रहरीको तत्थयाङ्कमा उल्लेख गरिएको छ । मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भइरहे पनि गाउँमा लुकीछिपी बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ००:००