७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हस्तीचौर झोलुङ्गे पुल उद्घाटन




तम्घास । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मङ्गलबार गुल्मीको इस्मा गाउँपालिकाका वडा नं १ र २ जोड्ने हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

छिनुवा घर्तीफाँट छल्दीखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन गर्दै उनले सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवास लगायतका आधारभूत माग पूर्तिका लागि सरकार लागिपरेको बताए ।

पुल बनेसँगै स्थानीयवासी पनि हर्षित भएका छन् । स्थानीयवासीलाई आवातजावतमा सहज भएको, घाँस, दाउरा ल्याउन तथा विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सहज भएकामा स्थानीयवासी खुशी भएका हुन् ।

स्थानीयवासी मीना कुमालले पुलले गर्दा सबैभन्दा धेरै बर्खायाममा सहज हुने प्रतिक्रिया दिइन् । “बर्खायाममा खेतमा आवतजावत गर्नुपर्ने हुन्छ, तर खोला ठूलो आउने भएकाले धेरै गाह्रो हुन्थ्यो”, उनले भनिन्, “पुल बनेसँगै राहतको महसुस भएको छ ।”

कूल ३०४ मिटर लम्बाइ रहेको पुल ९१ मेट्रिक टन अर्थात् ६५६ पदयात्री एकैपटक यात्रा गर्न मिल्ने गरी विराट/अन्नपूर्ण जेभीले निर्माण गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, सस्पेन्शन ब्रिज डिभिजन, पुल्चोक ललितपुरको मातहतमा पुल निर्माण गरिएको वडा नं १ का अध्यक्ष चुरा खत्रीले जानकारी दिए । रासस

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ००:००