१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनः बिहीबारदेखि मनोनयनपत्र दर्ता गरिने

लेखक स्थानीय खबर/संवाददाता १९ कार्तिक २०७६, मंगलबार १ मिनेट पढाइ


काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची ५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची १ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।