१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेकेदारलाई तत्काल काम शुरु गर्न नगरपालिकाको निर्देशन




सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले निर्माण कार्यमा ढिलासुस्ती गर्ने कम्पनीलाई तत्काल काम शुरु गर्न निर्देशन दिएको छ । अघिल्लो वर्ष सम्झौता भइसकेका सडक योजनाका काम शुरु नगरेपछि नगरपालिकाले ठेकेदारलाई सचेत गराएको हो ।

स्थानीय जनप्रतिनिधि चुनिएको अढाइ वर्ष तथा प्रदेश सरकार गठन भएको दुईवर्ष पुग्नै लाग्दासमेत प्रदेशको राजधानी शहर वीरेन्द्रनगरका सडकको मर्मतसुधार नभएपछि यहाँ चौतर्फी आलोचना हुने गरेको छ । पछिल्लो पटक प्रहरीले प्रदेश सरकारका मन्त्रालय आसपासका सडकका खाल्डाखुल्डी पुरेपछि नगरपालिकालाई दबाब बढेको थियो ।

ठेकेदारसँग गरिएको छलफलमा नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल सहित नगरपालिकाका प्राविधिक तथा ठेकेदारको सहभागिता थियो । नगरपालिकाले मङ्गलगढी–काँक्रेविहार, चक्रपथ, हटलाइन्, फलाँटे–भुरीगाउँ र मुख्य बजारका सडकमर्मत तथा स्तरोन्नति कार्यलाई तत्कालअघि बढाउनेबारे ठेकेदारलाई ताकेता गरेको हो । निर्माण व्यवसायीले बर्खा र चाडपर्वका कारण निर्माण कार्यमा ढिलाइ भएको बताएका थिए ।

नगरप्रमुख सुवेदीले चालू आर्थिक वर्षमै सडकमर्मत तथा स्तरोन्नति गर्ने गरी तत्काल काम अघि बढाउन निर्देशन दिइएको बताए । छलफलमा ठेकेदारले ग्राभेल, नाली तथा पर्खाल निर्माणको काम अघि बढाउने र तापक्रम बढेपछि कालोपत्र गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००