२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचन निष्पक्ष गर्ने सर्वपक्षीय निर्णय




भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ क मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न सर्वपक्षीय निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानको अध्यक्षतामा आज जिल्ला समन्वय समितिमा उपनिर्वाचनमा भाग लिने दल सहभागी सर्वपक्षीय बैठकमा उक्त निर्णय गरिएको हो ।

बैठकमा उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न सबै दल एवं पक्षले सहयोग गर्ने, निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने र गर्न नदिने सर्वसम्मत निर्णय गरिएको छ ।

त्यस्तै उपनिर्वाचनमा सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सबैले सहयोग गर्ने, उपनिर्वाचनमा आवश्यक जनशक्ति व्यवस्थापन तथा सुरक्षा व्यवस्थामा सबैले सहयोग गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रतिनिधि शम्भु दाहाल, काङ्ग्रेस जिल्ला सचिव निशान ढुङ्गेल, नेमकिपा जिल्ला अध्यक्ष न्हुच्छेभक्त कोजू, समाजवादी पार्टीका अध्यक्ष श्यमक शिल्पकार, राष्ट्रिय जनमोर्चाका रामभक्त किजू, राप्रपा संयुक्तका सुरेश दुवाललगायतका दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी र सरोकारवाला निकायको सहभागिता थियो । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००