८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तामाङ भाषा र लिपि लोकार्पण



पत्रकार प्रतीक ङेसुर तामाङद्धारा लिखित ‘तामाङ भाषा र लिपि’ नामक अनुसन्धनात्मक किताबको लोकार्पण भएको छ ।

सोमबार काठमाडौंमा तामाङ भाषाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त किताब लोकार्पण भएको हो । लेखकले किताबमा तामाङ भाषाको इतिहास, लिपिको विकासक्रम, अहिलेको समस्या लगायतका विभिन्न बिषयमा चर्चा गरेका छन् ।

किताबमा तामाङ लिपिसँग सम्बन्धित सम्बोटा र अुछेन लिपीबारे चर्चा गरिएको छ । साथै, तामाङ भाषामा प्रयोग हुने ब्याकरणबारे पनि चर्चा गरिएको छ ।

किताबमा तामाङ भाषाको आधिकारिक लिपी र त्यसको प्रयोगबारे पनि चर्चा गरिएको छ । “तामाङ भाषा बोलिचालीमा मात्रै सिमित भयो । तर लेख्ने परिपाटी नहुँदा भाषिक मानक स्थापित हुन सकेन,” लेखक तामाङले भने, “बोलिचालीमा मात्रै सिमिति हुँदा एउटै तामाङ भाषा ठाउँ नै पिच्छे फरक भयो । लेख्ने परिपाटी भएको भए एकरुपता हुन्थ्यो ।”

तामाङ भाषाको आधिकारि लिपि तिब्बति (अुछेन) भएको किताबको निष्कर्ष छ ।

किताब लोकार्पण पछि बोल्दै पूर्वमन्त्री शेरबहादुर तामाङले तामाङ भाषा समृद्ध रहेको बताए । तर अहिले नयाँ पुस्ताले तामाङ भाषा बोल्ने वातावरण नपाउँदा भाषाकै अस्थित्वमाथी खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

“तामाङ भाषाबाट हरेक चिजको नाम छ । अरू भाषामा भर पर्नु पर्दैन । तर नयाँ पुस्ताले बोल्ने वातावरण नहुँदा यति समृद्ध भाषाको अस्थित्व नै सकिन्छ कि भन्ने डर लाग्छ,” पूर्वमन्त्री तामाङले भने, “त्यसैले यसरी नै लिपिहरू बनाएर भाषालाई थप मजबुद बनाउन सकिन्छ ।”

तामाङ भाषा तथा साहित्यका जानकार मोक्तान दुपवाङ्गेलले किताबलाई ‘हटकेक’को संज्ञा दिए । किताबले तामाङ भाषामा नयाँ बिषयहरू उधिनेको बताए ।

भाषिक तथा तामाङ इतिहासका अनुसन्धानकर्ता रबिन्द्र ग्याबकले किताबको सबल र बलियो पक्षबारे चर्चा गरेका थिए ।

नेपाल तामाङ घेदुङ संघका महासचिव बाबु घिसिङले लिपि र भाषिक मानकका बारे एकमत हुनु पर्ने बताए । “कुन लिपि प्रयोग गर्ने भनेर तामाङ जातिभित्रै विवाद छ । सुल्झाएर लिपि र मानकहरू तयार पार्न घेदुङ तयार छ ।”

तामाङ भाषाको लिपि तामायीग हो कि अुइछेन हो भन्नेबारे लामो समय देखि विवाद छ । किताब तामाङ भाषा लिपि विकास केन्द्रले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००