१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काष्ठमण्डप पुर्निर्माणमा काठ अभाव



काष्ठमण्डप पुर्निर्माणका लागि काठको अभाव भएको छ । अबको १ महिनासम्म पनि काठको व्यवस्था हुन नसके काम रोकिने काष्ठमण्डप पुनर्निमाण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

छानाका लागी आवश्यक पर्ने १२ हजार क्युफिट काठ व्यवस्था गरिदिन समितिले सरकारसँग माग गरेको छ । निर्माणअन्तर्गत अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ ।

“अहिले मुख्य ४ वटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ,” शाक्यले भने । तोकिएको समयमा काठको व्यवस्था भए यसअघिको भन्दा तीव्र काम हुने समितिको दाबी छ । पुनर्निर्माणको काममा अहिले दैनिक ३० जना कामदारले नियमित काम गरिरहेका छन् ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो ।

गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा यस सम्पदाको पुनर्निर्माण सुरू भएको थियो । तीन वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये ३ वटा नयाँ प्रयोग गरिएको छ भने भने एउटा थाम पुरानै प्रयोग गरिएको छ ।

यस ऐतिहासिक सम्पदा पुर्निर्माणका लागी १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई साढे ५ करोड रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

काष्ठमडप सातौँ शताब्दीमा निर्माण भएको हो । काष्ठमण्डपबाट नेपालको राजधानी काठमाडौँ नाम रहेको इतिहासमा उल्लेख छ । थोरै

मात्रामा यस अघिकै पुराना काठको प्रयोग गरिएको छ । नयाँ काठ भने टिम्बर कर्पोरेसनसम्झौता गरी ल्याइएको छ । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार ००:००