१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीगढीमा तीन दिन विजयउत्सव मनाइने




सिन्धुली । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा यसवर्ष तीन दिन विजयउत्सव मनाइने भएको छ । कात्तिक २४ गते कमलामाई नगरपालिकाले विजयउत्सव भव्यरुपमा मनाउने भएको हो ।

विक्रम संवत् १८२४ मा अङ्ग्रेजलाई हराएर ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन् । यो परम्परा २०६७ सालदेखि नेपाल पत्रकार महासङ्घ सिन्धुलीले मनाउन शुरु गरेको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भव्यरुपमा मनाइने विजय उत्सवमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गर्ने, नेपाली सेनाले निर्माण गर्न लागेको युद्ध सङ्ग्राहलयको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए । नगर प्रमुख खत्रीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी सिन्धुलीका धार्मिक तथा ऐतिहासिक स्थानको व्यापक प्रचारप्रसार गर्ने जानकारी दिए । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार ००:००