५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुह्येश्वरीमा छठको तयारी शुरु



काठमाडौं । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट लगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए ।

गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले जानकारी दिए । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यस दिन राष्ट्रपति विद्यादेवी भण्डारी गुह्येश्वरी गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गर्ने जनाइएको छ ।

यही कात्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । छठ पर्व मनाउन सहज होस् भनी आगामी शनिबार बिहान गुह्येश्वरी क्षेत्रमा वाग्मती सफाइ महाअभियानले कार्यक्रम राखेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य राम साहले बताए । यही कात्तिक १७ गतेपछि पनि गुह्येश्वरी क्षेत्रमा सफाइ गरी पुरानै अवस्थामा फर्काइने जानकारी दिए । रासस

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार ००:००