८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी




दमौली । तनहुँको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना दुई हजार भत्ता बुझ्थे । साउनदेखि भने थापाले प्रतिमहीना तीन हजारको दरले चार महीनाको एकमुष्ठ १२ हजार बुझे । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापा लगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

“भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ”, उनले खुशी हुँदै भने, “अहिले हातमै रकम पाए पछि पक्का भयो ।” सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि १२ हजार भत्ता बुझ्दा प्रफुल्लित छन् । “यसअघि मासिक दुई हजारको दरले भत्ता बुझ्थेँ, अहिले बढेर तीन हजार पुगेछ”, उनले भने, “भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।”

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिए । “अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरुको रकम बैंकमै पठाइएको छ”, उनले भने ।

सरकारले गएको जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत वृद्धभत्ता तीन हजार तथा एकल महिलाको भत्ता मासिक दुई हजार पु¥याएको छ । यसअघि वृद्धभत्ता मासिक दुई हजार र एकल महिलालाई एक हजार भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि एक हजार बढाइएको छ । रासस

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार ००:००