प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण गरेका छन् ।
शनिबार बिहान उनले ती क्षेत्रहरूको निरीक्षण गर्दै वर्तमान अवस्थाका बारेमा जानकारी लिएका छन् ।
उनले देवघाटमा कल्पबास सडक, दुई प्रदेश जोड्ने मैत्रीसाँघु निर्माणका सम्बन्धमा चासो देखाएका थिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले वर्तमान अवस्था र भएका प्रगतिबारे जानकारी गराएका थिए ।
सो क्षेत्रको निरीक्षणपश्चात मुख्यमन्त्री पौडेलले देवघाट क्षेत्रलाई प्रदेश नं ३ ले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले देवघाटको विकास निर्माणमा एकरुपता र निर्माण संहिता बनाउन आग्रह गर्नुभयो ।
बागेश्वरी क्षेत्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै योगी नरहरिनाथ प्राकृतिक अस्पताल प्रदेश नं ३ कै नमूना प्राकृतिक अस्पतालका रूपमा विकास गर्नुपर्नेमा पौडेलले जोड दिए । रासस
प्रतिक्रिया