८ मंसिर २०८०, शुक्रबार | Fri Nov 24 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोमान्थाङ–५ को आफ्नै कार्यालय भवन



उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाले मौलिक पहिचान झल्कने एकतले पाँचकोठे भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।

८० लाख रुपैयाँमा निर्माण भएको नयाँ भवनबाट कार्यालय सञ्चालन सुरू गरिएको वडाध्यक्ष रिनजिनदोर्जे विष्टले बताए ।

लोमान्थाङको मौलिक पहिचान झल्कने गरी पर्खाल बनाइएको भवनमा फरक किसिमको झ्याल, ढोका र रङ प्रयोग गरिएको छ ।

वडाध्यक्ष, वडासचिव, बैठक, सहायताकक्ष र भान्छाकोठाका लागि छुट्टाछुट्टै कोठा बनाइएको छ । वडाध्यक्ष र सचिवको कार्यकक्ष भएको कोठाभित्र शयनकक्ष छ ।

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको बिष्टले बताए । तात्कालिनलोमान्थाङ गाविसको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको छ । यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालन भएको थियो । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार ००:००