५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोषणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा



पोषणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । आगमी कात्तिक १८ देखि २१ गतेसम्म उक्त सम्मेलन आयोजना हुने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

खासगरि बालबालिका, गर्भवती महिला र किशोर किशोरीहरूको पोषणलाई लक्षित सम्मेलनमा ८० देशका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरू सहित १ हजार २ सय प्रतिनिधी सहभागी हुनेछन् ।

सम्मेलनमा पोषणसँग सम्बन्धित विभिन्न बिषयमा केन्द्रीत २५ वटा कार्यपत्र पेस हुनेछ ।

नेपालको तर्फबाट संघीय तथा प्रदेश सरकारका उच्चपदस्थ अधिकारीहरू, सम्बन्धित मन्त्रालय तथा विभागका प्रमुखहरू स्थानीय सरकारका प्रमुखहरू कुटनीतिक नियोगका प्रमुखहरू विकास साझेदार, प्राज्ञिक समुह गरि करिब २ सय जनाको प्रतिनिधित्व रहनेछ ।

सम्मेलनमा राष्ट्रहरू बीच पोषण अभ्यासको आदनप्रदान, प्राप्त उपलब्धीहरूको समीक्षा तथा भावी रणनीति तयार पर्ने आयोगले जनाएको छ ।

यसैगरि पोषण सुधारका लागी बहुपक्षीय र द्विपक्षीय छलफल, दिगो विकासको लक्ष्यसँग सम्बन्धित कुपोषण न्यूनीकरणका सूचकहरूमा सफलता पाउन सहकार्य गर्ने लक्ष्य पनि लिइएको छ ।

अहिले पनि विश्वभर कुपोषणको अवस्था भयावह छ । अहिले विश्वभर ५ बर्ष मुनीका प्रत्येक ३ जना बालबालिकामध्ये एकजना पुड्कोपन, ख्याउटेपन वा मोटोपनजस्ता कुपोषणबाट ग्रसित छन् ।

संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि स्केलिङ अप न्यूट्रिसन (सन्) अभियान सञ्चालन भइरहेको छ । यस अभियानमा नेपाल २०११ देखि आबद्ध भएको हो भने हाल सन् अभियानमा ६१ देश संलग्न भइसकेका छन् ।

सन् अभियानअन्तर्गत नेपाल सरकारले यूरोपियन यूनियन, यूनिसेफजस्ता निकायसँगको सहकार्यमा बहुक्षत्रीय पोषण योजना सञ्चालन गरिरहेको छ ।

यो पोषण योजना ७ सय ७३ वटै स्थानीय तहमा सञ्चालन गर्ने सरकारले स्वीकृत गरिसकेको छ । अहिलेसम्म यस पोषण योजना ३ सय ८ स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

पोषण योजनाले कृषी, पशु विकास, शिक्षा, स्वास्थ्य, स्थानीय सुशासन, खानेपानी र स्थानीय सुशासनको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ००:००