५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटः अस्पताल निर्माणको गृहकार्य शुरु



जाजरकोट । जिल्लाका दुई निर्वाचन क्षेत्रमा दुई अस्पताल निर्माणको गृहकार्य शुरु भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेका नलगाड नगरपालिका ७ दल्लीमा १५ शैय्याको अस्पताल बनाउने गृहकार्य शुरु भएको छ ।

पश्चिमी क्षेत्रलाई केन्द्रित गरेर छेडागाड नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माणका लागि तयारी भइरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । त्यस्तै लिम्सा र गर्खाकोटमा रहेको स्वास्थ्य संस्थाको स्तरोन्नतिको काम पनि शुरु हुन लागेको मन्त्री बस्नेतको भनाइ छ ।

जिल्ला सदरमुकाममा मात्र सुविधायुक्त अस्पताल भएका कारण ग्रामीण क्षेत्रका स्थानीयवासीले प्रभावकारी सेवा नपाएको भन्दै मन्त्री बस्नेतले दुवै क्षेत्रमा एम्बुलेन्स सेवासहितको अस्पताल स्थापना गर्न अन्तिम तयारी भएको बताए ।

त्यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि र स्थानीय सरकार सञ्चालनका लागि गति दिन पहिलो चरणमा सबै स्थानीय तहको प्रशासकीय केन्द्र रहेका सडकमा कालोपत्र गर्न लागिएको उनको भनाइ छ ।

जिल्लाको शान्ति, सुरक्षा कार्यक्रम गर्नका लागि दरबन्दीअनुसारको प्रहरी व्यवस्थापन हुने उनले बताए । सञ्चार सेवा जिल्लाभरि पु¥याउनका लागि दुई भागमा काम भइरहेको उनले जानकारी दिए । जिल्लाभर भएका स्वास्थ्य संस्थाको प्रभावकारी सेवा र जनशक्ति पदपूर्तिका लागि चासो दिन स्थानीयवासीले मन्त्री बस्नेतलाई आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ००:००