२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडी नगरपालिकाः बाख्रा पाल्ने किसानलाई अनुदान




भरतपुर । चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो २५ अनुदान दिन लागेको हो ।

पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । “किसानलाई कुन विधिबाट अनुदान दिने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौँ”, ढकालले भने, “किसानलाई सहजरुपले अनुदान दिने विधि बनाउँदैछौँ ।” तिहार अगाडि नै कार्यविधि निर्माण गरी अनुदान दिइनेछ ।

नगर प्रमुख ढकालले बाख्रापालन गर्ने किसानको समूहलाई १० लाख बीउ पूँजीसमेत दिइने बताए । नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरीद गरी व्यावसायिक बन्न मद्दत पुग्ने उनको विश्वास छ । यसले नगरभित्रका निम्न आय भएका नागरिकको आयस्तर उकास्न सहयोग पुग्ने ढकालले बताए । बाख्रापालन व्यवसाय माडीमा फष्टाउँदै गएको छ । विगतमा आफैँलाई मासु पु¥याउन यहाँका बासिन्दालाई धौधौ हुने गरेको थियो । अहिले माडीका किसानले मासु बिक्री गरिरहेका छन् ।

माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फार्म स्थापना गरेका नीलकण्ठ काफ्ले बाख्रापालनको सम्भावना राम्रो भएको बताउछन् । उनी छ वर्षदेखि बोयर जातको बाख्रापालन गर्दै आएका छन् । “बजारको समस्या छैन”, काफ्लेले भने, “अनुदानको व्यवस्था भएपछि थप राहात मिलेको छ ।” माडीमा झण्डै ३०० व्यावसायिक बाख्रा फार्म छन् । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ००:००