५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने




काठमाडौं । आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने जनाएको छ ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । विगतका समयमा काठमाडौं शहरका सडक र गल्ली–गल्लीका फोहर महीनौँसम्म ट्रान्सफर स्टेशनमा राख्ने गरिएको थियो । सङ्कलित फोहरलाई ठूला सवारी साधनबाट नुवाकोटस्थित ल्याण्डफिल साइटमा व्यवस्थापन गर्दै आएको थियो ।

कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले प्राविधिक समस्या मिलाउनुप¥यो भने एक दिनसम्म राख्न सकिन्छ । त्योभन्दा बढी ट्रान्सफर स्टेशनमा फोहर नबस्ने बताए ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी र फोहर राख्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ००:००