१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उज्यालो भीमदत्त कार्यक्रमः नगर क्षेत्रमा १ सय बढी सौर्यबत्ती जडान गरिने



राजेन्द्र पनेरुरविमलबहादुर विष्ट

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत ५० लाखको बजेटमा नगर क्षेत्रमा एक सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् । चालू आर्थिक वर्ष २०७६र७७ मा नगर क्षेत्रमा ११० सौर्यबत्ती जडान गरिने भएका हुन् ।

कार्यक्रमअन्तर्गत चालू आवमा ९४ सौर्यबत्ती बत्ती जडान भइसकेका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । अरु सौर्यबत्ती जडानकार्यलाई अगाडि बढाउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पुरानो बसपार्कसम्म सौर्यबत्ती जडान गरिएका थिए ।

सांसद डा दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा ती सौर्यबत्ती जडान गरिएका हुन् । नगरप्रमुख विष्टले उज्यालो नगर बनाउने प्रतिबद्धताअनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताए । गाउँ शहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम सुरु गरिएको उनले जनाए ।

नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजना सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीको साझेदारीमा यस वर्ष ११० सौर्यबत्ती जडान गरिने कार्यक्रम बनाइएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएका छन् । पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्यबत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ ।

उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेटसमेत बढाएको छ । गत वर्ष २० लाख बजेट विनियोजन गरिएको सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ५० लाख छुट्याइएको छ । नगरपालिकाले प्राथमिकता दिएको उक्त कार्यक्रमअन्तर्गत वडाहरुमा सौर्यबत्ती र सडकबत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ ।

यसैगरी, नगरपालिकाले वडा नं ९ मा पर्ने अहिलेसम्म अध्यारो अवस्थामा रहेका खल्ला, टुँडिखेल र मसेट्टीका बस्तीमा विद्युत् पु¥याउने तयारी गरेको छ । नगरप्रमुख विष्टले ती बस्तीमा विद्युतीकरण कार्य शुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

सौर्यबत्तीले झिलीमिली

डोटीः पछिल्लो समय यहाँका प्रमुख बजारमा जोडिएका सौर्यबत्तीले बजार उज्यालो भएका छन् । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला, सिलगढी, दिपायल तथा राजपुरमा जडान गरिएका सौर्यबत्तीले यहाँका बजार रातिको समयमा उज्यालो तथा झिलिमिली हुने गरेका छन् ।

रकम भुक्तानी नदिएको भन्दै दिपायल पिपल्लामा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले केही महीना पहिले उखेलेर लगेपछि बजार अन्धकार भएको थियो । ठेकेदारलाई दिपायल सिलगढी नगरपालिकाले बाँकी रकम दिने सम्झौता गरेपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरेपछि झिलिमिली बनेको हो ।

आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले गत फागुन २५ गते उखेलेर लगेको थियो । नगरप्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङसन, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल लगायत बसेको बैठकले गरेको निर्णयअनुसार ठेकेदार कम्पनी मनिङसनले बजारमा उखेलेका सौर्यबत्ती जोड्नुपर्ने र बाँकी रकम दिने सम्झौता पछि अहिले पुनः जोडिएको हो ।

जिल्ला प्रशासनमा भएको सहमतिमा सात दिनभित्रमा सबै बिग्रेका सौर्यबत्ती मर्मत गरी बलेको हुनुपर्ने र उक्त अवधिमा नगरपालिकाका प्राविधिकबाट फिल्ड प्रतिवेदन बुझाई रकम भुक्तानी गर्ने सहमति भएको थियो । सम्झौताअनुसार कूल ३२ लाख ७२ हजार ९२५ मध्ये २३ लाख दुई हजार ५०० भुक्तानी लिइसकेको र उद्योग बाणिज्य सङ्घले व्यहोर्नुपर्ने रकम चार लाख ९० हजार ९३८ घटाउँदा चार लाख ७९ हजार ४८६ रकम भुक्तानी पाउन बाँकी रहेको बताइएको छ ।

उद्योग वाणिज्य सङ्घसँग विसं २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य सङ्घले त्यो काम विसं २०७३ फागुन ६ गते मर्निङसन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । रासस

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार ००:००