६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दननाथ नगरपालिकामा मेयर रोजगार कार्यक्रम सञ्चालन



खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको हो ।

छ महीने मोटरसाइकल मर्मत तालीम दिएरपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले जानकारी गराए । सो कार्यक्रमको शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको बताए ।

तालीम लिएका १० जना युवालाई नगरपालिका जुम्लाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिने उनले बताए । बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवालाई मोटरसाइकल मर्मतको तालीम दिने उनको भनाइ छ । तालीम लिएका युवाले ग्यारेज स्थापना गरी रोजगारी पाउने छन् ।

गत वर्षबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि विविध कारणले कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै उनले यस वर्षदेखि निरन्तररुपमा लागू भएको जानकारी गराए । चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटले मेयर रोजगार कार्यक्रमका लागि नगरपालिकाले १० लाख रकम विनियोजन गरेको बताए ।

नगरपालिकाभित्र रहेका १० वटै वडाका एक एक जना इच्छुक युवालाई तालीममा सहभागी गराइने छ । रासस

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ००:००