२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत–हिल्सा सडकमा चीनले सहयोग गर्नेः मन्त्री ज्वाला




वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सुर्खेत–हिल्सा सडक आयोजना निर्माणका लागि चीनले सहयोग गर्ने बताएका छन् । नीतिगत रुपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उनले बताए ।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्वालाले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले कर्णालीको विकासमा अवसरको ढोका खोलेको बताए । “सुर्खेत–हिल्सा सडक निर्माण कर्णाली सरकार गठनसँगैको प्रतिबद्धता हो”, उनले भने, “यस विषयमा हामीले सङ्घीय सरकारसँग पनि कुरा राख्दै आएका थियौँ ।” सडक निर्माणका लागि चाइना रेल्वे कम्पनीसँग सम्झौता भइसकेको मन्त्री ज्वालाले बताए ।

सुर्खेतदेखि हिल्सासम्म निर्माण गर्न लागिएको सो सडकको लम्बाइ ४०३ किमी छ । ५० अर्बको लागतमा उक्त आयोजना निर्माण गरिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सिबीचको भेटवार्तामा सुर्खेत–हिल्सा सडक निर्माणको विषयलाई पनि उठाएको हुँदा निर्माण गर्न सहयोग हुने निश्चित भएको मन्त्री ज्वालाले बताए ।

सम्झौताले सम्भावनाको ढोका खुलेको भन्दै मन्त्री ज्वालाले यसलाई कर्णाली सरकारले अति प्राथमिकता दिएर अघि बढेको बताए । “यसलाई सुर्खेत–हिल्सा फास्ट ट्र्याकको रुपमा विकास गर्छाँ”, उनले भने । रासस

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार ००:००