१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधि आएपछि सडक निर्माण प्राथमिकतामा




बैतडी । बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् ।

निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका–१ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए । गुरुखोला, खालकलौन सडक निर्माणमा २० लाख खर्च भएको र १२ किलोमिटर सडक निर्माण गरिएको हो ।

यस्तै गुरुखोला –सतबाँझ तीन किलोमिटर सडक निर्माणमा तीन लाख, खालिकाचौर कैलपालमाडौँ सडक निर्माणमा १० लाख र पारिकलौन सडक निर्माणमा तीन लाख खर्च गरिएको वडा कार्यालयले जनाएको छ । स्थानीयवासीको मागअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखिएको वडाध्यक्ष भट्टको भनाइ छ । गुरुखोला खाल–कलौन सडकलाई द्यौमडासम्म विस्तार गर्न दुई करोडमा ठेक्का भएर कामसमेत भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिए ।

यस्तै पुराना सडकलाई पनि अढाई वर्षको अवधिमा स्तरोन्नति गर्ने काम भएको वडा कार्यालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका केही काम अघि बढेको छ । ग्रामीण सडक निर्माण हुँदा आफूहरुलाई कृषि उपज बजारसम्म पु¥याउन सजिलो भएको दशरथचन्द नगरपालिका–१ का परमानन्द भट्टले जानकारी दिए । उनले भने, “आफूले फलफूलको नर्सरीसमेत स्थापना गरेकाले नर्सरीबाट उत्पादित बोटबिरुवा बिक्रीका लागि बजारसम्म पु¥याउन पनि सहज भएको छ ।” ग्रामीण सडकलाई छिट्टै स्तरोन्नति गर्न पनि उनले आग्रह गरेका छन् ।

गाउँमा सडक पुगेपछि बालबालिकादेखि वृद्धवृद्धालाई सजिलो भएको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन होस अथवा अन्य बिरामीलाई अस्पताल पु¥याउन सडकले सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले बताइन् । सकेसम्म नागरिकका आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पनि उनले सुझाव दिइन् ।

गाउँमा सडक पुगेपछि आफूहरुलाई निकै खुशी लागेको स्थानीय वयोवृद्ध शेरबहादुर पाण्डेले बताए । “आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुशी लागेको छ”, उनले भने ।

निर्माण गरिएका सडकलाई स्तरोन्नति गर्ने कार्य प्राथमिकतामा राखेको वडाध्यक्ष भट्टले जानकारी दिए । वडाका सबै बस्तीमा सडक पु¥याउने आफ्नो योजना रहेकाले अहिले सडक निर्माणलाई प्राथमिकता दिएको उनले बताए । सडकसँगसँगै विकास निर्माणका अन्य काम पनि भइरहेका वडाध्यक्ष भट्टले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार ००:००