५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा प्रिमियर लिग शुरु




रुपन्देही । तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि तिलोत्तमा नगरपालिकामा शुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा सुपर ११ भैरहवालाई चार विकेटले पराजित गर्दै ‘पाल्पाली लेजेन्ट्स’ विजयी भएको छ । टस हारेर ब्याटिङ गरेको भैरहवाले सबै विकेट गुमाउँदै एक सय ३६ रन बनायो । एक सय ३७ रनको विजय लक्ष्य पाल्पाली लेजेन्ट्सले छ विकेटको क्षतीमा पूरा ग¥यो । तिलोत्तमा नगरपालिका ६ स्थित नवजीवन क्लबको खेल मैदानमा शुरु भएको प्रतियोगितामा प्रदेशका १० टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख पुरस्कार प्राप्त गर्नेछ । आइतबार पहिलो खेल तिनाउ टाइटन्स र रेन्बो ज्ञानोदय गोल्डस्बीच तथा अर्को खेल सियारी राइनोज र पाल्पाली लेजेन्ट्सबीच हुनेछ । रासस

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार ००:००