१८ कार्तिक २०८३, मंगलबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराः स्थानीय तहमा काङ्ग्रेसको समिति गठन

लेखक स्थानीय खबर/संवाददाता २५ आश्विन २०७६, शनिबार १ मिनेट पढाइ

डडेल्धुरा । नेपाली काङ्ग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताए ।

डडेल्धुरामा सात वटा स्थानीय तह रहेका छन् । दुई नगरपालिकाका वडास्तरीय समिति भने पुरानै यथावत रहने जनाइएको छ । पाँच गाउँपालिकामा भने नयाँ सरंचनाअनुसार वडा एकाइ समितिसमेत गठन गरी पालिकास्तरीय समिति विस्तार भइसकेको काङ्ग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले बताए । उनले भने, “नगरपालिकामा भने पुरानै समिति कायम गरिएको छ ।”

अजयमेरु गाउँपालिकाबाट शुरु भएको स्थानीय तह पुनःसंरचना गठन कार्यक्रमअन्तर्गत पाँचवटै गाउँपालिकामा समिति गठन गरिएको हो । असोज १३ देखि शुरु भएको समिति विस्तार कार्यक्रम भागेश्वर गाउँपालिकामा समिति गठन गरेर सम्पन्न भएको जिल्ला सदस्य गोकुल शाहीले जानकारी दिए ।

डडेल्धुरा काङ्ग्रेसको गाउँपालिका भेलाले अजयमेरु गाउँपालिकाको सभापति कर्णबहादुर मल्ल, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, नवदुर्गा गाउँपालिकाको सभापति रामचन्द्र अवस्थी, गन्यापधुरा गाउँपालिका सभापति इन्द्रबहादुर कार्की र भागेश्वर गाउँपालिका सभापतिमा नरबहादुर ठकुराठीलाई सर्वसम्मत चयन गरेको छ । रासस

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।