६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको अपिल



काठमाडौं । निर्वाचन आयोगले बडादशैँ, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी लगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवं व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ ।

पर्वहरुले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ । रासस

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार ००:००