९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान




तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता दुई करोड बजेट निकासा भएको र कात्तिक १ गतेबाट सरकारले दिँदै आएको एक हजार ८०० सुत्केरी भत्ता दिन लागेको हो । साथै प्रतिष्ठानले बहिरङ्ग सेवा र आकस्मिक सेवा शुल्कमा समेत हेरफेर गरेको छ । यसअघि बहिरङ्ग सेवा शुल्क २५ र आकस्मिक सेवा शुल्क ३० लिँदै आएकामा कात्तिक १ गतेदेखि लागू हुने गरी क्रमशः ६० र ८० कायम गरेको छ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ००:००