१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाः स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास



तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गरे । नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माण गरिने बताउँदै वडा भवन निर्माणमा सहमति नहुँदा दुई वर्ष ढिलाइ भएको बताए ।

अब चारकुने क्षेत्रमै वडा कार्यालय भवन बन्ने सहमति अन्तिम चरणमा पुगेको छ । उनले भने भवन निर्माणको लागि नगरपालिकाद्वारा ५० लाख विनियोजन गरी सकिएको छ ।

सङ्घीय सरकारको सहयोगमा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण हुन लागेको भए पनि मन्त्रालयबाट पैसा नआएकाले हाललाई व्यास नगरपालिकाले आन्तरिक स्रोतबाट सहयोग गर्दै आएको उनले बताए । नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले सरकारले स्वास्थ्य क्षेत्रमा ७८ अर्ब विनियोजन गरी सर्वसाधारणमा स्वास्थ्यको पहुँच पु¥याउने लक्ष्य राखेको हुँदा स्वास्थ्य सेवा केन्द्र स्थापना कार्यलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुनारले विकास निर्माणका क्षेत्रमा राजनीतिकरण गर्न नहुने उल्लेख गर्दै सहमति र समझदारीमा काम गर्नुपर्नेमा जोड दिए ।

करीब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको कूल लागत ४२ लाख ५५ हजार ३१८ रहेको छ । एक ढलानको उक्त भवनमा तीनवटा कोठा रहने र निर्माणको ठेक्का अन्बेषा कन्सट्रक्सन म्याग्देले पाएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए । भवन निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार ००:००