१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई पशुपन्छीको अनुगमन गर्न निर्देशन



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दशैँलगायत चाडपर्वका अवसरमा पशुपन्छीको अनुगमन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले चाडपर्वमा स्वस्थ, स्वच्छ तथा गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको बिक्री वितरण गर्न सबै स्थानीय तहलाई बजार अनुगमन गर्न निर्देशन जानकारी दिए ।

मन्त्रालयले चाडपर्वका अवसरमा पशु तथा पशुजन्य पदार्थको खपत तथा पशुपन्छीको ओसारपसारमा वृद्धि हुने र उक्त समयमा पशुपन्छीको महामारीजन्य रोगको जोखिम बढ्ने भएकाले पशुपन्छी हाटबजार लगायतका क्षेत्रमा पशुपन्छीको रोगको सघन निगरानी गर्न र रोगको शङ्का लागेमा तत्काल नमूना सङ्कलन गरी प्रयोगशालामा पठाउनसमेत निर्देशन दिएको हो । रासस

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार ००:००