११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधारका ९१ योजना सुरू



दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए ।

चालू आवमा समानीकरणतर्फ ८६ करोड रुपैयाँ बराबरको बजेट रहेको र सशर्ततर्फ ६ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

सिस्नेखोला र कटुवा खोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै कार्यालयले गत आवमा ८८ योजना निर्माणको काम पूरा गरेको छ । जम्मा ८६ सडक मर्मत, स्तरोन्नति र कल्र्भटका काम भएका छन् भने २ वटा पुल निर्माण भएका छन् ।

बाँकी २५ योजनाको काम भने अबको केही महीनामा पूरा हुने भण्डारीले बताए ।

गत वर्ष समानीकरणतर्फ ४२ करोड ७ लाख रुपैयाँ विनियोजन गरेकोमा २८ करोड रुपैयाँ खर्च भएको थियो ।

साथै वर्षाका कारण समयमै काम नहुँदा ९ करोड रुपैयाँ बजेट फ्रिज भएको थियो । उक्त समयमा गिट्टी, बालुवा उपलब्ध नहुँदा पनि समस्या भएको थियो । रासस

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार ००:००