४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति



विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आज यहाँ शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकतालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए ।

उनले विकास निर्माणले जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सडक कालोपत्रे गरेपछि यहाँका किसानले उत्पादन गरेको कृषि उपज बजारमा सहजताका साथ पुग्नुका साथै उत्पादनमा वृद्धि हुने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार निर्माण सडक सञ्चार सुधारअन्तर्गत दुई वर्षको अवधिभित्र स्तरोन्नतिको कामसक्ने गरी ‘मृतसञ्जीवनी जेभिले ५२ करोडमा ठेक्का लिएको हो । रासस

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार ००:००