४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध




बैतडी । केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सडक पुरै भासिएकाले सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दशैँका लागि घर फर्किरहेका बैतडीको तल्लोस्वराडका यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । यसका साथै शनिबार बेलुकादेखि सवारीसाधन पनि बीचबाटोमै रोकिएका छन् । रासस

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार ००:००