५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशका तीन स्थानीय तहमा बाल विकास कार्यक्रम




सुर्खेत । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो ।

विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले कार्यक्रम कार्यान्वयन गर्नेछ । सेतो गुराँसका कार्यक्रम संयोजक राधा मल्लले पोषण तथा बाल विकासमा सुधार ल्याउन अति दुर्गम तथा मध्यम भेगका दुई गाउँपालिका र सुगम भेगका एक नगरपालिकालाई छनोट गरिएको जानकारी दिए ।

संयोजक मल्लले बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणअन्तर्गत प्रारम्भिक बाल विकास रणनीति ९विसं २०७६÷२०८७० का लागि आवश्यक योजनाहरुको कार्यान्वयन गर्न कार्यक्रमले मद्दत पु¥याउने बताए । उनले कर्णालीका ५४ प्रतिशत बालबालिका पोषण सुविधाबाट बञ्चित भएकाले स्थानीय तहमा एकीकृत बाल विकास कार्यक्रमको खाँचो औँल्याए ।

पोषण विशेषज्ञ उमा कोइरालाले कर्णालीका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक रहेकाले स्थानीय र प्रदेश सरकारले आवश्यक कार्ययोजनासहित बजेट विनियोजन गर्नुपर्ने बताइन् । रासस

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार ००:००