४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल निर्माणपछि खुशियाली



झापाको दमक र मोरङको मधुमल्लालाई जोड्ने मावा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ ।

पुल महाशाखा पूर्वी सेक्टर नम्बर १ योजनामार्फत ३० करोड २२ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । उक्त निर्माण गर्न शर्मा लामा जेभीसँग २०७२ असार २९ गते सम्झौता भएको थियो ।

तोकिएको समयमा पुल निर्माण भएपछि वर्षौं देखिको समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।

मावा खोलामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण तोकिएको समयमै सम्पन्न भएपछि त्यसको क्षेत्रमा चहलपहल बढ्न थालेको दमक वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले बताए ।

उनले मावा खोलामा पुल निर्माण भएपछि वर्षायाममा ज्यान जोखिममा राखेर आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको बताए ।

उक्त पुल सञ्चालनमा आएपछि झापाको व्यापारिक केन्द्र दमक र मोरङको पुरानो मधुमल्ला बजारबीचको व्यावसायिक कारोवार वृद्धि हुन थालेको छ ।

पुल निर्माणले वर्षायामा दमकदेखि मधुमल्ला हुँदै मोरङ, इलाम र पाँचथर जिल्लाको चुरे र पहाडी भूभागका विभिन्न क्षेत्रमा आवतजावत गर्न सहज भएको बराल बताउँछन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार ००:००