१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिनगर गाउँपालिकाः आफ्नै भवनमा वडा कार्यालय



तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा हुन थालेको छ । गाउँपालिकाको ३५ लाखको लागतमा सो चार कोठे भवन निर्माण गरिएको हो ।

पूर्वमन्त्री दीपक गिरीले आज यहाँ उक्त भवन शुभारम्भ गर्दै सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।

यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष रवि बुढाथोकीले बताए । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ थियो ।

सोही अवसरमा उक्त गाउँपालिकाको अन्य दुई वडा कार्यालयका नवनिर्मित भवन पनि उद्घाटन गरिएको थियो । अहिले गाउँपालिकाकै बजेटमा वडा नं ३ र ५ को वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । रासस

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार ००:००