२२ आश्विन २०८१, मंगलबार | Tue Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्यायो




चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका ५ ब्रम्हपुरीमा एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो । उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा उत्पादन हुने ढकालले बताए ।

एक हप्ताको परीक्षण अवधिपछि क्रसर नियमितरूपमा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । हाल परीक्षणमा रहेको क्रसरमा नगरपालिकाले स्थानीय मगईखोलाको गिट्टी–बालुवा प्रयोग गर्नेछ । यससँगै अन्य खोलाको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी, बालुवा निकालिने उनले बताए ।

ढकालका अनुसार प्रतिघण्टा २४ घनमिटर क्रसरको क्षमता रहेको छ । नगरपालिकाका विकास निर्माणका कामबाहेक स्थानीय र ठेकेदारलाई समेत यो उत्पादनले पुग्ने उनले जानकारी दिए । ढकालको अनुमानमा नगरपालिकालाई पुगेर पनि वार्षिक १० करोडभन्दा बढीको सामग्री बिक्री गर्न सकिनेछ ।

अत्यधिक दोहन नहुने गरी व्यवस्थित किसिमले खोलाको सतह गहिरिने गरी गिट्टी–बालुवाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ । माडी नगरपालिकाले चालू आव २०७६÷७७ मा १८ किमीभन्दा बढी सडक कालोपत्र गर्दैछ । यो आवमा १० भन्दा बढी कल्भर्ट, नहर र पुल लगायतका संरचना बन्ने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार ००:००