८ फाल्गुन २०८०, मंगलबार | Wed Feb 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा



हेटौँडा । हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ ।

सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौं जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो बनाएपछि आज बिहानदेखि सडक सुचारु भएको सस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी केही हप्ताअघि फाखेल सडकखण्डबाट पनि हेटौँडा काठमाडौंको यातायात सेवा सञ्चालन गरिएको थियो । हेटौँडा–कुलेखानी सडकखण्डमा दैनिक एक हजारभन्दा बढी टाटासुमो, जिप आवजावत गर्ने गरेको नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाले जनाएको छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार ००:००