५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढोरपाटन नगरपालिकाः प्रथम मेयर रनिङ गोल्डकप भलिबल प्रतियोगिता हुने



बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा प्रथम मेयर रनिङ गोल्डकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । यही असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा प्रतियोगिता सञ्चालन हुनेछ ।

खुला पालिकास्तरीय प्रतियोगितामा २५ भन्दाबढी समूहको सहभागिता रहने आयोजक बुर्तिबाङ राइजिङ युवा क्लबले जनाएको छ ।

पुरुष भलिबल प्रतियोगिताको विजयीले गोल्डकपसहित नगद एक लाख र उपविजेताले ६० हजार पुरस्कार पाउनेछ । यस्तै महिलातर्फ विजेतालाई गोल्डकपसहित नगद ६० हजार र उपविजेतालाई ४० हजार पुरस्कारको व्यवस्था छ ।

क्लबका अध्यक्ष सोमबहादुर पौवी ‘यामु’का अनुसार रनिङ कप २० ग्राम सुनजडित हुनेछ । “स्थानीय तहमा भलिबल खेलाडी उत्पादन गर्न रनिङ कप प्रतियोगिताले सघाउ पु¥याउने विश्वास छ”, उनले भने । क्लबले वर्षेनी कोजाग्रत पूर्णिमा मेलामा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो वर्ष ढोरपाटन नगरपालिका र क्लबको संयुक्त आयोजनामा मेला सञ्चालन हुँदैछ । मेलामा खुला सामूहिक, एकल नृत्य, पञ्चेबाजा, महिला, पुरुष छेलो, ढिलो मोटरसाइकल चलाउने, तेक्वान्दो, ब्याडमिन्टन लगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पौवीले बताए ।

सराय नाच, सांस्कृतिक झाँकी तथा कृषि प्रदर्शनी पनि मेलाका आकर्षण हुन् । मेला सञ्चालनका लागि ३६ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । मेयरकप भलिबलसँगै मेलाका लागि ढोरपाटन नगरपालिकाले २८ लाख अनुदान उपलब्ध गराएको छ । कोजाग्रत पूर्णिमा मेला पश्चिम बागलुङको परम्परागत मेला मानिन्छ ।

“हाम्रा बाउबाजेदेखि चल्दै आएको मेला हो, विसं २०६० देखि क्लबमार्फत मेलालाई निरन्तरता दिँदै आएका छौँ”, क्लबका महासचिव गोपाल महतले भने । मौलिक संस्कृति, कला, खेल र मनोरञ्जनका कार्यक्रमलाई मेलामा समेट्ने गरिएको उनको भनाइ छ । संस्कृति, कला, खेल जगेर्नासँगै पर्यटन र व्यापार प्रवर्द्धनमा मेलाले सहयोग पु¥याउने आयोजकको विश्वास छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ००:००