७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानी गाउँपालिकाः खर्च रकम लुकाएको आरोप



सिञ्जा । तातोपानी गाउँपालिका जुम्लाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनामा भएको खर्च रकम स्थानीय सरकारले लुकाएको आरोप लगाइएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ को गतिविधिबारे मङ्गलबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई उपभोक्ता समितिमा नेतृत्व दिएको आरोप लगाउँदै जनताले योजना फरफारक गर्दा तलमाथि भएकाले सच्याउन आग्रह गरे ।

नेकपाका नेता तथा तातोपानी गाउँपालिका सदस्य आदिप्रसाद न्यौपानेले राजनीतिक दललाई कुल्चेर कार्यक्रम गरेको भनी आक्रोश व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ मा टेकेर कार्यक्रम गरिएको बताए । गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँगाउँमा गएर समावेशी ढङ्गले उपभोक्ता समिति गठन गरिएको, हुड्के नाच, दमाहा बाजा, बाह्रौँ शताब्दी पैगोलो मन्दिर आदि संरक्षण गर्न गाउँपालिका अघि बढिरहेको तथा गाउँपालिकालाई दूरसञ्चारमा पहुँच बढाएको जिकिर गरे । रासस

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ००:००